Play

धनगढी-पोखरा हवाई सेवा पुन: सुचारु गर्न ब्यबसायीको जोड

गुरुकुल खबर


धनगढी, झण्डै दुई वर्ष अघि सुरु भई पछि स्थागित हुन पुगेको धनगढी-पोखरा सिधा हवाई सेवालाई पुन: निरन्तरता दिनुपर्नेमा दुबै शहरका ब्यबसायी एकमत देखिएका छन् ।

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजनामा संचालित जाउँ है पोखरा अभियानको चौंथो दिन सोमबार धनगढीमा आयोजित कार्यक्रममा हवाई सेवा पुन: सुचारु गरिनु पर्नेमा उनीहरुले जोड दिए ।

२०७८ सालको फागुन महिनामा गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीबिच बुद्ध एयरले पोखरा–धनगढी सिधा उडान आरम्भ गरे पनि उक्त सेवा लामो समय टिक्न सकेन । अन्तरप्रदेश पर्यटन प्रवर्द्धनको उद्देश्यसहित संचालित उक्त सेवा अन्तर्गत सातामा ३ दिन उडान हुने गरेको थियो ।

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले दुई शहरविच हवाई सेवा पुनर्स्थापित हुन सके आन्तरिक पर्यटकका अतिरिक्त उत्तर भारतबाट धनगढी हुँदै पोखरा पुग्ने पर्यटक समेत लाभान्वित हुने बताए । सुदुरपश्चिमबाट पोखरासम्म स्तरीय बससेवा संचालनमा समेत उनले जोड दिए ।

सुदुरपश्चिमका पर्यटन ब्यबसायी मायाप्रकास भट्टले दुई शहरविच हवाई सेवा सुचारु भए पर्यटक आदानप्रदानमा सहजता थपिने बताए । सो सेवाले लखनउबाट आउने भारतीय पर्यटकलाई पोखरा पुग्न समेत सहज हुने उनले सुनाए ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले स्थानीय कला, संस्कृती र उत्पादनलाई बढवा दिन सके पर्यटनले फस्टाउने मौका पाउने बताए ।

कार्यक्रममा उद्धोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सचिव जीवनाथ पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र, होटल ब्यबसायी महासंघका सचिव कलम बहादुर बम, कैलाली उद्धोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पर्यटन ब्यबसायी शिवहरी पाण्डे, होटल ब्यबसायी केशव पाण्डे र होटल संघ पोखरा नेपालका सचिव पार्वती पाण्डेले भनाई राखेका थिए ।

 

२ पुष २०८०, सोमबार १५:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा