Play

लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ

गुरुकुल खबर


लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ६० प्रतिशत स्टल बुकिङ भएका छन् । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये मंगलबार सम्म दुई सय ११ वटा स्टल बुकिङ भएका हुन् ।

पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि ६ गतेबाट ११ गते सम्म स्टल बुकिङ खुल्ला गरिएको थियो भने मंगलबारबाट अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको संघका लेखा अधिकृत प्रसिद्ध पौडेलले जानकारी दिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ भने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी राष्ट्रिय उत्पादन प्रर्दशनी अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक रामजी पौडेलले जानकारी दिए ।

महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा आर एम सी न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

२२ मंसिर २०८०, शुक्रबार ११:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा