Play

आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

गल्र्स सिंगलतर्फ जापानका उता असाकुराले भारतका इसिता मिधालाई ६–०,६–० ले, भारतका यासिका सोकिनले भारतकै इसि महेश्वरीलाई ५–७,६–३ र ६–० ले, भारतका दिसा बेहराले भारतकै स्वस्ती सिंहलाई ६–४,३–६ र ६–२ ले र हङकङकी जेन लिङ चुङ वाङले भारतका सगुन कुमारी सगुनलाई ६–२ ,६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

ब्वाइज डबल्सफर्त जापानका को फुजिकावा र रुया ससामोटोको जोडीले भारतका सन्चित सुधिर राव र अनिकेट भेंकाटारामनको जोडीलाई ६–०,२–६ र सुपरटाईमा ११–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । गल्र्स डबल्सतर्फ जापानका उता असाकुरा र हङकङकी जेन लिङ चुङ वाङ जोडीले भारतका अन्वी पुनागण्टी र सगुन कुमारी सगुनको जोडीलाई ६–३, ६–१ ले तथा भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै सेरि सर्मा र रिधि सिण्डेको जोडीलाई ६–३,६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

१५ मंसिर २०८०, शुक्रबार १३:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा