Play

विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाको पोल्टामा

गुरुकुल खबर


पोखरा, अष्ट्रेलियाले विश्वकप क्रिकेट जितेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेट जितेको हो । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य प्राप्त गरेको थियो ।

पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्वकपको फाइनल खेलमा सतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई मात्र ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । मोहम्मद सामीको बलमा विराट कोहलीले उनलाई स्लिपमा क्याच आउट गरेका थिए । यस्तै मिचेल मार्सले पनि अस्ट्रेलियाको योगफलमा केवल १५ रन मात्रै जोड्न सके । उनी जसप्रित बुमराहको बलमा आउट भए । बुमराहले नै स्टिभन स्मिथलाई पनि केवल ४ रनमा पेभेलियनको बाटो देखाएका थिए ।

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २४१ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो ।

४ मंसिर २०८०, सोमबार १४:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा