पोखरा, पोखरा महानगरपालिका वडा न. ५ प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका आबश्यक रकम संकलन गर्ने लक्षका साथ संचालित महायज्ञ जारी छ। बुधबारदेखि शुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन बिहीबारसम्म ८५ लाख रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक शिबप्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।
धार्मिक तथा ऐतिहासिक महत्वको यो मन्दिरलाई नयाँ स्वरूप दिनको लागि लगाइएको महायज्ञमा मन्दिर संरक्षकका परिवारका सदस्य एबम दाताहरुको तर्फबाट मोटो रकम आर्थिक सहयोग गरेका छन् । सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाले ३५ लाख रुपैयाँ प्रदान गरेकोछन
प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुली सहित श्रीराम पराजुली, शम्भु पराजुली, पुरुषोत्तम पराजुली र विश्वनाथ पराजुलीले एकमुष्ट १० लाख ६ हजार रुपैयाँ सहयोग गरेको पराजुलीले बताए ।
मन्दिर व्यवस्थापन समितिका तर्फबाट पनि उत्साहजनक सहयोग प्राप्त भएको जानकारी दिंदै प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले महयज्ञ संचालनको लागि बनाइएको कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुबाट र अन्य शुभेच्छुकहरुबाट ३० लाख रुपैयाँ संकलन भएको छ ।
अन्य चन्दादाताले पनि स्वतःस्फूर्त सहयोग गरिरहेकोमा समाजसेवी हेरम्बप्रसाद कोइराला र परिवारले ३ लाख १५ हजार रुपैयाँ दिएका छन् । भरतराज पौडेलले २५ हजार ९ सय ९९ रुपैयाँ र सूर्यप्रसाद पराजुलीले २५ हजार ५ सय २५ रुपैयाँ र गजेन्द्र जैसवालले २५ हजार १ सय १ रुपैयाँ उपलब्ध गराएको आयोजकले बताए ।

भदौ २५ गतेसम्म चल्ने महायज्ञ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सुरु गरिएको हो । महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गरिरहेका छन् । यहाँ दैनिक देवलीला र संगीतमय कथा प्रवचन भइरहेका छन् । महायज्ञबाट संकलित रकम मन्दिरको कलात्मक पुनर्निर्माणमा खर्च हुनेछ । आयोजकले केही रकम बाढीपीडित राहत कोषमा समेत जम्मा गर्ने योजना बनाएका छन् ।
महायज्ञको उद्घाटन गर्दैपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा भरतबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा गरिने दानबाट कहिल्यै हानी नहुने र त्यसको फल भविष्यमा प्राप्त हुने दाबी गरे ।

पोखरा–५ का वडाध्यक्ष एवं महायज्ञका प्रमुख संरक्षक बिष्णुप्रसाद बरालले देश शोकमा रहेका बेला मन्दिर निर्माणका लागि मात्रै नभई शान्तिको कामना सहित महायज्ञ आयोजना गरिएको बताए ।उनले महायज्ञ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्ली हिलकी प्रमुख सुधादिदी, अग्रज समाजसेवी हेरम्बप्रसाद कोइराला, संस्थापक परिवारका सदस्य सुरेशचन्द्र कोइराला, प्रमुखवाचक पण्डित दीपकप्रसाद पौडेल, अर्थ समिति संयोजक केशव अधिकारी, प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका उपाध्यक्ष विजयालक्ष्मी कोइराला र सचिव लक्ष्मण कोइराला लगायतले मन्तव्य राखेका थिए ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । महायज्ञलाई धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढाइएको प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले बताए ।
सन्तानेश्वर महादेवमन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्ग सहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेलक्ष्य राखिएको छ । मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदान अनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ताको सम्झना र विश्वशान्तिको कामना सहित आयोजना गरिएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ अघि शान्ति कलश पदयात्रा समेत आयोजना गरिएको थियो ।

मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्ग सहितको विशाल शिवालय बनाउने लक्ष्य छ । यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । मन्दिर निर्माणमा प्राप्त सहयोग पारदर्शी हुने र दातालाई सम्मान गर्ने व्यवस्था मिलाइएको छ । सन्तानेश्वर महादेवलाई सन्तान दिने देवताका रूपमा मान्ने धार्मिक विश्वास छ ।
मन्दिरको गर्भगृहमा एउटै शिलाका तीन भागलाई महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गरिन्छ । यो मन्दिर करिब ९२ वर्षअघि स्थानीय लिलाधर कोइरालाले स्थापना गरेका थिए । अहिले यसलाई सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढाइएको छ ।
महायज्ञको पहिलो दिनमा ७७ लाख रुपैयाँ संकलन भएको प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए ।उनले सन्तानेश्वर महादेव मन्दिरलाई कलात्मक र आकर्षक स्वरूपमा निर्माण गरेरै छाड्ने अठोट व्यक्त गरे । उनका अनुसार महायज्ञ बाट संकलित केही रकम बाढी पीडित राहत कोषमा जम्मा गरिने छ।















