पोखरा, सरकारले यहि भदौ २३ गते मंगलवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत बर्षको भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको बिद्रोहमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरिएको र सोही दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय बर्तमान सरकारले गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भने, ‘अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।’
रसुवा बाढीका कारण ठुलो संख्यामा सर्बसाधारणको ज्यान गएको भएपनि सरकारले उनीहरुको सम्मान र सम्झनामा भने सार्बजनिक बिदा घोषणा गरेको छैन। बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने टर सार्बजनिक बिदा नदिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए। बाढीबाट ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न सरकारले यस्तो निर्णय लिएको हो।















