Play

जाजरकोटमा पुन: भूकम्प, लगत्तै पराकम्प

गुरुकुल खबर


पोखरा, जाजकोटमा आज फेरि भूकम्प आएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प आएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । लगत्तै ४:४० मा ४.५ रेक्टरको अर्को पराकम्प गएको छ ।

यसअघि शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् । भौतिक क्षति उत्तिकै भएको छ ।

२० कार्तिक २०८०, सोमबार १७:४९ मा प्रकाशित
Nabintech