Play

तारा एयरका दुई पाइलटविच कुटाकुट

गुरुकुल खबर


काठमाडौँ, शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको जनाईएको छ। काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुटको भएको खबर छ

लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ । तथापि, यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ । तथापि, कम्पनीले घटनामा संलग्न दुई जना पाइलटलाई नै निलम्बन गरिसकेको जनाएको छ ।

‘दुई पाइलटबिच व्यक्तिगत रिसिबीका कारण सामान्य भनाभनको स्थिति बनेको रहेछ । यत्तिकैमा एक पाइलटले धकेल्दा अर्का पाइलट लड्नु भएछ । युनिफर्ममा नै लडेकाले घटनाले ठुलो रूप लियो । यसो भएपछि हवाई सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अन्द स्पाेर्ट दुवै जनालाई त्यहीँ सस्पेन (निलम्बन) गर्‍यौँ’ तारा एयर होल्डिङ कम्पनी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले भनेका छन् ।

 

 

१७ कार्तिक २०८०, शुक्रबार १४:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा