Play

अन्नपूर्ण आधार शिविरबाट लुम्बिनी पुगे गुटरेस, आजै नेपालको संसदलाई सम्वोधन गर्ने

गुरुकुल खबर


पोखरा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनलाई त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे ।

तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखराबाट लुम्बिनी पुगेका हुन् । मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम छ ।

गुटेरेस अन्नपूर्ण आधार शिविर बेसक्याम्प पुगेर लुम्बिनी गएका हुन् । उनले अन्नपूर्ण आधार शिविरमा जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुराकानी गरेका थिए ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत आधार शिविर पुगेका उनलाई स्थानीय झाँकी सहित स्वागत गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेको थियो ।
पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव बाँडे । महासचिव गुटेरेसले विकसित देशका कारण जलवायु परिवर्तन भएको बताए । नेपालको समस्याबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने पनि उनले बताए ।

यसअघि सोमबार दिउँसो दोस्रो पटक पोखरा ओर्लिएपछि उनलाई पोखरेली भव्य स्वागत गरेका थिए । २ बजे फिस्टेल लज पुगेपछि उनका औपचारिक कार्यक्रम तय थिएनन् । महासचिव गुटेरेसकै इच्छामा नयाँ कार्यक्रम तय भए । उनी केही समय आराम गरेपछि पोखरा २२ पुम्दीभुम्दी पुगे । गुटेरेसले सोमबार दिउँसो पुम्दीकोटबाट पोखरा उपत्यका, हिमाल र फेवाताल नियालेका थिए । गुटरेसले आजै नेपालको संसदलाई चार बजे सम्वोधन गर्ने कार्यक्रम छ ।

 

१४ कार्तिक २०८०, मंगलवार १३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा