Play

फिर्केखोला मिचेर बनाइएका संरचना ३५ दिन भित्र हटाउन पोखरा महानगरको सूचना

गुरुकुल खबर


पोखरा, पोखराको फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । शुक्रबार सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन महानगरले निर्देशन दिएको हो । सूचनामा ३५ दिन भित्र पूर्णरुपमा हटाउनु पर्ने र नहाएमा महानगरपालिका आफैले हटाउने र महानगरले हटाउनु परेमा लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले तिर्नु पर्ने सूचनामा उल्लेख छ ।

फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक समितिले केही दिन पहिले प्रतिवेदन महानगरपालिकालाई बुझाइएको थियो । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका थिए ।

खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका १६० संरचनाहरु निर्माण गरेको प्रतिबेदनमा छ । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको छ । खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएका छन् । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।

१२ कार्तिक २०८०, आईतवार १३:२३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा