Play

नेपाल आइपुगे राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, पोखराको पनि भ्रमण गर्ने

गुरुकुल खबर


पोखरा, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आएका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

नेपाल भ्रमणका बेला उनी पोखरा पनि आउने भएका छन् । कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर)सम्म नेपालको औपचारिक भ्रमण गर्ने घोषणा गरेका उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यतालिका बाहिर आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा महासचिव गुटेरेसले ३० अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने तालिका रहेको छ ।

महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुनेछ ।

१२ कार्तिक २०८०, आईतवार १२:५४ मा प्रकाशित
Nabintech