Play

इजरायलबाट थप एक नेपालीको शव नेपाल ल्याइयो

गुरुकुल खबर


काठमाडौँ, इजरायलमा हमासको आक्रमणमा मारिएका एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल आइपुगेको हो ।

फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । उनको शव नेपाल ल्याएसँगै घरतर्फ पठाइसकिएको छ । एम्बुलेन्समा राखेर उनको शव बझाङका लागि पठाइएको हो।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ५ विद्यार्थीको नेपाल ल्याइसकिएको छ । बाँकी पाँच जनाको शव ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ। ती शवहरूको पहिचान गर्न गाह्रो भएको उनीहरूका आफन्तको डिएनए सङ्कलन गरी पठाइएको छ । सोही आधारमा पहिचान गरेर शव चाडै नेपाल ल्याइने मन्त्रालयले उल्लेख गरेको छ ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल ल्याइएको हो ।

अक्टोवर ७ तारिखको बिहान हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो। आक्रमणमा परेर ४ जना घाइते हुन पुगेका थिए ।

९ कार्तिक २०८०, बिहीबार १०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा