Play

विहान धादिङ केन्द्र भएर ६.६ म्याग्निच्युडको भूकम्प

गुरुकुल खबर


पोखरा, धादिङको ज्वालामुखी गाउँपालिका ५ खरीलाई केन्द्रबिन्दु बनाएर ४ पटक भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको झट्का धादिङ, गोरखा, रसुवा, काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रसम्म पुगेको थियो ।

यसपछि आइतबार बिहानै ८ बजेर ८, ८ बजेर २८ र ८ बजेर ५९ मिनेटमा खरी सल्यानटारलाई केन्द्रबिन्दु बनाएर क्रमशः ४.२, ४.३ र ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । भूकम्प आएपछि खरी, मैदी, सल्यानटारका मानिसहरूमा भागदौड मच्चिएको त्यहाँका वासिन्दाले बताएका छन् ।

भुकम्पका कारण खरीका केही पुराना घरहरू पनि चर्केको जनाइएको छ । खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन् ।

नवरात्रको महाष्टमीका दिन घरघरमा पूजाआजा गरी खसीबोका मार हान्ने तयारी गरिरहेका गाउँबासी भुइँचालो आएपछि त्रसित भएका छन् । भूकम्पबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए । प्रहरी उपरीक्षक मिश्रले भने ‘६÷७ वटा घरहरू चर्केको भन्ने खबर आएको छ, अन्य क्षति केही भएको छैन ।’

Picture: Ashish Duwadi

 

५ कार्तिक २०८०, आईतवार १२:२३ मा प्रकाशित
Nabintech