Play

मनाङ एयरको हेलिकोप्टर लोबुचेमा दुर्घटनाग्रस्त, पाइलट प्रकाश कुमार सेडाइ घाइते

गुरुकुल खबर


पोखरा, मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । तीन महिनापछि मनाङ एयरको बाँकी एउटा हेलिकोप्टर पनि दुर्घटनामा पर्दा पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। हेलिकप्टरमा उनी एक्लै थिए।

लुक्लाबाट लोबुचेतर्फ यात्रु उद्धार उडानका लागि गएको नाइन एन–एएनजे कलसाइनको हेलिकोप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।

अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना पर्दा पूर्णरुपमा क्षतिग्रस्त भएको हो । तस्वीरमा हेलिकोप्टरमा आगो लागेको देख्न सकिन्छ । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो। उनलाई काठमाडौं ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको छ ।

२७ आश्विन २०८०, शनिबार १४:२४ मा प्रकाशित
Nabintech