Play

लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई

गुरुकुल खबर


काठमाडौं, अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तरगत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको भव्य अवार्ड कार्यक्रमका बीच साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् ।

करिब डेढ दशक यता लोक तथा दोहोरी गीत क्षेत्रमा म्यूजिक भिडियो निर्देशकको रुपमा कार्यरत साराशंकरलाई जुरीले उत्कृष्ट निर्देशकहरुमध्ये उत्कृष्ट ५ भित्र छनौट गरेको थियो । उत्कृष्ट मध्येबाट साराशंकर सर्वोत्कृष्ट निर्देशकको रुपमा छानिएका हुन् । कानुनमन्त्री धनराज गुरुङ, प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापामगर र प्रतिष्ठानकै उपत्यका कमिटिका अध्यक्ष अर्जुन थापाद्वारा हस्ताक्षरित विशेष प्रमाणपत्रसहित उनलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो ।

‘यो मेरो लामो समयको तपस्या र मेहेनतको प्रतिफलको रुपमा मैले लिएको छु । प्रतिष्ठानले जुन हिसाबले अवार्डको लागि मलाई योग्य ठान्यो, त्यो मेरो लागि सबैभन्दा ठुलो उपलब्धि हो ।’ अवार्ड प्राप्त गरिसकेपछि साराशंकरले भने, ‘अवार्डले मेरो आगामी भिडियोहरुमा अझै बढि मेहेनत गर्ने हौसला दिएको छ । म मा अझै ठुलो जिम्मेवारी थपिएको महशुस गराएको छ अवार्डले ।’

बागलुङ तमानखोला गाउँपालिका बोंगादोभानका साराशंकर दुई दशकयता काठमाडौंमा रहँदै आएका छन् । लोकदोहोरी गीतका म्यूजिक भिडियो निर्देशन सँगै साराशंकर आफै अभिनेताको रुपमा समेत चर्चित छन् । साथै उनी गीतकारको रुपमा पनि चर्चा कमाईसकेका छन् । पछिल्लो पटक मात्रै साराशंकरले पशुपती शर्मा र शान्ति श्री परियारको आवाजमा आफ्नो गीत ‘हाई सञ्चै’ बजारमा ल्याएका थिए । सो गीतको भिडियोमा उनी आफैले अभिनय गर्नुका साथै निर्देशन समेत गरेका थिए । युट्युबमा गीतलाई अत्यधिक रुचाईएको थियो ।

१८ आश्विन २०८०, बिहीबार १४:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा