Play

बेगनास तालमा प्युठानका युवक मृत फेला

गुरुकुल खबर


पोखरा, कास्कीको वेगनासतालमा एक युवक मृत फेला परेका छन् । उक्त शव प्युठानका अनिश श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं.३१ अलैची कुना स्थित तालमा उत्तानो तैरियको अवस्थामा पुरुष व्यक्तिको शव रहेको भन्ने सूचना पाएपछि प्रहरी उक्त स्थलमा पुगेको थियो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ७ जनाको टोली खटीई उक्त शव तालबाट बाहिर निकाली हेर्दा उनले बोकेको कालो झोला भित्र रहेको नागरिकता अनुसार जिल्ला प्युठान मलरानी गा.पा. वडा नं.४ बस्ने वर्ष २२ को अनिश श्रेष्ठ रहेको भन्ने खुल्न आएको थियो ।

प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

१७ आश्विन २०८०, बुधबार १२:५१ मा प्रकाशित
Nabintech