Play

बझाङमा एकपछि अर्को भूकम्पको धक्का, केही घरहरु भत्किए, क्षेतिको पूर्ण विवरण आउन बाँकी

गुरुकुल खबर


पोखरा, बझाङमा एकपछि अर्को भूकम्प जाँदा घरहरुमा क्षति पुगेको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का वरपरका जिल्लामा समेत महसुस भएको जनाइइएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

आजै दिउसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा त्रसित अवस्थामा बसेका छन् ।

तस्बिर : साइपाल एफएम

 

१६ आश्विन २०८०, मंगलवार १६:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा