Play

पोखरा भ्याली रोटरी क्लबद्वारा भगवती आधारभूत स्कुलका बिधार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

गुरुकुल खबर


पोखरा, रोटरी क्लब अफ पोखरा भ्यालीले पोखरा महानगरपालिका–३३, आपुकस्यारीस्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि न्यानो कपडा एबम स्टेशनरी वितरण गरेको छ। रोटरी क्लब अफ पोखरा भ्यालीका संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरेराम पाण्डे, समाजसेवी रामचन्द्र पौडेल र कमल बहादुर गुरुङले समेत विशेष अतिथिका रूपमा सहभागी भएर स्टेशनरी र कपडा वितरण गरेका थिए।

रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष विजयराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रोटरी क्लबले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। कार्यक्रममा क्लबका पूर्व अध्यक्ष लोकनाथ पौडेल, अभिभावक संघका सदस्य दुर्गा सुनार तथा विद्यालयका प्रधानाध्यापक राम बहादुर भुजेल लगायतले विद्यालयको अवस्था, आवश्यकता र रोटरी क्लबसँगको सहकार्यको बारेमा चर्चा गरेका थिए ।

क्लबका प्रेसिडेन्ट नोमिनी नविनराज बराल, क्लबका उपाध्यक्ष कृष्णहरी पौडेल, क्लबका सचिव सन्तोष भण्डारी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनिष गौतम, फाउन्डेसन चेयर राजेश गौतम, डाइरेक्टर सुशीलराज पराजुलीलगायत क्लबका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, अभिभावकहरू एबम स्थानीय सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कार्यक्रमको समापन गर्दै अध्यक्ष विजयराज आचार्यले आगामी दिनमा पनि रोटरी क्लब अफ पोखरा भ्याली र विद्यालयबीचको सहकार्यलाई निरन्तरता दिँदै शिक्षा, बालकल्याण तथा समाज सेवाका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए।

२५ पुष २०८२, शुक्रबार १८:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा