Play

क्यान्सरको प्रमुख कारण धुम्रपान भएको स्वास्थ्य मन्त्री बस्नेतको भनाई

गुरुकुल खबर


पोखरा, नेपालमा क्यान्सरको प्रमुख कारण धुम्रपान भएको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

भारतको नयाँ दिल्लीमा रहेको बैंकटेस हस्पिटलले शुक्रबार राजधानीमा आयोजना गरेको क्यान्सर उपचारमा नयाँ प्रविधि बिषयक सिएमई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । उनले भने, सूर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउन सके क्यान्सर विरामीको संख्या कम गर्न सकिन्छ ।

धुम्रपानको सेवन कम गराउन सरकारले सूर्तिजन्य पदार्थ ऐनको कार्यन्वयनमा जोड दिएको, सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन रोक्ने प्रयास भएको र कर बढाएको मन्त्री बस्नेतले जानकारी गराए । क्यान्सरका विरामीलाई उपचारमा सहूलियत प्रदान गर्न सरकारले क्यान्सरका विरामीलाई प्रत्येक विरामीलाई एक लाख रुपैया सहयोग गर्ने गरेको र यसले उपचारमा थोरै भएपनि राहत भएको मन्त्री बस्नेतले बताए ।

क्यान्सर रोगको उपचारमा नेपालले भारतबाट धेरै कुरा सिक्न बाकी रहेको भन्दै उनले यस प्रकारका सिकाईका कार्यक्रम लाभदायक हुनेमा जोड दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्यान्सर रोग विज्ञ डा. विनोद अर्यालले नेपालमा हरेक वर्ष २० हजार ५ सय क्यान्सरका नयाँ विरामी थपिने तथ्यांक प्रस्तुत गरे । क्यान्सर विज्ञहरुको सहभागिता रहेको कार्यक्रममा वार्षिक १३ हजार विरामीको क्यान्सरकै कारण भइरहेको तथ्यांक पनि उनले राखे ।

१५ आश्विन २०८०, सोमबार १२:५५ मा प्रकाशित
Nabintech