Play

सुनौलो सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न

गुरुकुल खबर


पोखरा, सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको कास्की बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष सुदिप ढकालले उद्घाटन गरे । कार्यक्रममा ढकालले सहकारीमा आर्थिक अनुशासन जरुरी रहेको बताउँदै केही व्यक्तिका कारण सहकारी क्षेत्रलाई बदनाम गर्न खोजिएको बताए । सहकारीमा बाहिर प्रचार भएजस्तो धेरै समस्या नरहेको बताउँदै उनले बचतकर्ताहरू हल्लैहल्लाको पछि लाग्न नहुनेमा जोड दिए ।

सहकारीका अध्यक्ष टीकाराम सापकोटाले सदस्यहरूले गरेको विश्वासलाई आगामी दिनमा पनि कायमै राख्न अनुरोध गर्दै स्थापित सहकारीका रुपमा विकास गर्ने गरी आँफूहरू सकृय रहेको बताए ।

विश्वव्यापी देखिएको आर्थिक संकट एवम् विश्व बजारमा देखिएको तरलताको संकुचनमा पनि सहकारीलाई सहयोग गर्नुुहुने सबैमा उनले धन्यवाद व्यक्त गरे ।

साधारणसभामा सहकारीका सचिव सोमबहादुर थापालमगरले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने भने कोषाध्यक्ष लिला भट्टराईले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷१ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा व्यवस्थापक गिरीधारी ढकाल, लेखा सुपरिबेक्षण समितिका इश्वरीप्रसाद पौडेल, ऋण उपसमितिका जीवनराज सापकोटा, सहकारीका सल्लाहकारहरू विष्णुुबहादुर गुरुङ, बच्चुुराम तिवारी, गणेशबहादुर भट्टराई, डम्बरबहादुर केसी लगायतले भनाई राखेका थिए ।

सहकारीका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सोमबहादुर थापामगरले गरेका थिए ।

सहकारीमा हाल दुुई हजार ६२५ जना शेयर सदस्य रहेका छन् भने छ करोड आठ लाख २९ हजार रुपैयाँ शेयर पूँजी रहेको छ । १७ करोड ८० लाख ४४ हजार ३६० बचत एवम् निक्षेपका साथै तरलता ३६ प्रतिशत रहेको सहकारीले आर्थिक वर्ष २०७९/८० मा १८ करोड ७९ लाख ६० हजार ३२३ रुपैयाँ लगानी गरिएको कार्यक्रममा जानकारी गराइयो ।

 

८ आश्विन २०८०, सोमबार १४:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा