Play

एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्म गुरुङ

गुरुकुल खबर


पोखरा, एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्मकुमारी गुरुङ चयन भएकी छन् । मिडिया हाउसको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष गुरुङलाई पुनः दोश्रो कार्यकालका लागि चयन गरेको हो ।

अधिवेशनले सञ्चालक समिति सदस्यहरुमा सरोज श्रेष्ठ, हरि शर्मा गैह्रे, सन्तोष पोखरेल, मनोहर श्रेष्ठ, सोभितमान बुद्धाचार्य र धनकुमारी रायमाझीलाई चयन गरेको हो ।

दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएपछि बोल्दै अध्यक्ष गुरुङले पोखराको विकास, समृद्धि र पर्यटनको प्रवद्धनसँगै समाज रुपान्तरणमा आवाज विहीनहरुको आवाज बनेर काम गरिरहेको बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरसजस्तो महामारीका कारण उत्पन्न असहज परिस्थितिमा स्थापित यस मिडिया हाउस अहिले अग्रणी स्थानमा रहनुमा श्रोता र विज्ञापनदाताको अपार माया विश्वास रहेको भन्दै आभार व्यक्त गरे ।

साधारण सभाले वार्षिक प्रगती विवरण र आर्थिक प्रगती विवरण पारित गरेको छ । साधारण सभाको अवसरमा मिडिया हाउसका सेयर सदस्य र कर्मचारी तथा उनीहरुका परिवारहरुबीच गेट टुगेदर र तीजको दर खाने कार्यक्रम राखेर तीज उत्सव विशेष मनाइएको थियो ।

२०७७ सालमा स्थापित एभरेस्ट मिडिया हाउसले पोखराबाट प्रशारण हुने एभरेस्ट एफ.एम. र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।

३१ भाद्र २०८०, आईतवार १५:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा