Play

एमाले नेता नेम्वाङको अन्त्येष्टि

गुरुकुल खबर


पोखरा, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको आज पशुपति आर्यटानमा अन्त्येष्टि गरिएको छ ।

उनको बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार अन्तिम संस्कार गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिंदै राष्ट्रिय झण्डा ओढाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए । नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरु आर्यघाट पुगेका थिए ।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेम्वाङको गत भदौ २६ गते राति निधन भएको थियो ।

२८ भाद्र २०८०, बिहीबार १३:०७ मा प्रकाशित
Nabintech