Play

संविधान सभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, सार्वजनिक विदाको घोषणा

राजकीय सम्मानसहित अन्त्येष्टि गरिने


गुरुकुल खबर


पोखरा, संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ । नेम्वाङको आज बिहान निधन भएको थियो ।

गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

लगत्तै पार्थीव शरीरलाई नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याएको छ । त्यहाँ उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्य जारी रहेको छ ।

बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ । यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ । उनको अन्त्येष्टि हुने दिन सार्वजनिक विदा हुने जनाइएको छ ।

सोमबार राति नेम्वाङ बालुवाटारस्थित निवासमै सुतिरहेका थिए । मध्यरातितिर उनी शौचालय गए तर परिवारका सदस्यले उनलाई राति १ बजेतिर शौचालयमै लडेको अवस्थामा भेट्टाउँदा उनी बेहोस् भएको बताइएको छ । त्यसपछि हतार हतार उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइयो।

‘तर त्यहाँ पुग्दासम्म लभगभ उहाँको मृत्यु भइसकेको थियो’, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले भनेका छन् ।
एमाले नेता तामाङका अनुसार नेम्वाङलाई मृत घोषणा गर्दा रातको त्यस्तै साढे १ वा २ बजेको थियो ।

२६ भाद्र २०८०, मंगलवार १२:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा