Play

बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, मृत्यु हुने सबैको पहिचान खुल्यो

गुरुकुल खबर


पोखरा, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको पहिचान खुलेको छ ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा दुर्घटनामा परेको थियो । सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको निधन हुन पुगेको थियो ।

बाँकेका डिएसपी नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्। यसैगरी बसका चालक बर्दियाको ठाकुरबाबा–८ का ५५ वर्षीय जुगबहादुर चन्द र सहचालक बर्दियाको बारबार्दिया नगरपालिका –७ का ३४ बसन्त कार्कीको पनि दुर्घटनामा निधन भएको छ ।

प्रहरीका अनुसार बसमा ४१ यात्रु सवार थिए र उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा यो दुर्घटना भएको हो । घटनामा २८ अन्य घाइते भएका छन् ।

२३ भाद्र २०८०, शनिबार १३:१२ मा प्रकाशित
Nabintech