Play

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार, एकजना पक्राउ

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिएको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि आक्रमण भएको हो ।

उपचारका लागि उनलाई ट्रमा सेन्टरमा लगिएको छ। रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका पूर्वमन्त्री समेत रहेका यादवमाथि एक्कासी खुकुरी प्रहार भएको र उनको टाउकोमा चोट लागेको जनाइएको छ ।

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको र उनी नुवाकोट घर भएका श्यामबाबु सापकोटा भएको प्रहरीले जनाएको छ। उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् भन्ने विषय भने खुल्न बाँकी छ ।

२० भाद्र २०८०, बुधबार १५:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा