Play

नेपाली काँग्रेस पोखरा -२६ का सभापति रानाभाटलाई मातृशोक, ढुंगानाको पनि निधन

गुरुकुल खबर


 पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका -२६ कार्यसमितिका सभापति शिबबहादुर रानाभाटलाई मातृशोक परेको छ। केहि समय अगाडी ब्रेनहेमरेज भएका कारण अस्वस्थ्य रहेकी कलिकुमारीको उपचारकै क्रममा निधन भएको हो।

रानाभाटकी आमा कलि कुमारी रानाभाटको ९३ बर्षको उमेरमा हालै अर्थात् जेठ १६ गते निधन भएको हो। स्व. रानाभाटका दुई छोराहरु दुर्गाबहादुर रानाभाट र शिबबहादुर रानाभाट तथा छोरीहरु इन्द्रकुमारी रानाभाट, मंगला रानाभाट र शान्ति रानाभाट रहेको छन।

स्व. रानाभाटलाई एक असल आमा र धार्मिक एबम सामजिक व्यक्तित्वको रुपमा सबैले चिन्ने गरेको कांग्रेस नेता समेत रहेका स्थानीय बासिन्दा यज्ञबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए।

पोखरा- २६ भवानी चोक निबासी रानाभाटको परिवार नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील रहँदै आएको छ। कांग्रेसको राजनीति बाहेक विभिन्न संघसंस्था र सहकारीहरुमा पनि शिव बहादुर र दुर्गाबहादुर रानाभाट सक्रिय रहँदै आएको छन ।

यसैबीच, पोखरा महानगरपालिका वार्ड नम्बर २६ गैरथर निवासी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि श्रीकान्त ढुंगाना र सामाजिक ब्यक्तित्व दया सागर ढुंगानालाई पितृ शोइक परेको छ। श्रीकान्तका बुवा खेमलाल ढुंगानाको ९२ वर्षको उमेरमा हालै निधन भएको हो ।

२४ जेष्ठ २०८२, शनिबार ०९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा