Play

प्रजातन्त्रका सेनानी एबम हेम्जाका पूर्व जनप्रतिनिधि थापाको निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका -२५ हेम्जा कार्यसमितिका पुर्ब सभापति दान बहादुर थापालाई पितृशोक परेको छ। वहाँका बुवा एबम प्रजातन्त्र सेनानी लालबहादुर थापाको ९५ बर्षको उमेरमा केहि समय अगाडी अर्थात गत जेठ २ गते निधन भएको हो।

स्वर्गीय लालबहादुर थापा तत्कालिन हेम्जा गाउँ पंचायत क्षेत्रमा सामाजिक एबम राजनीतिक क्षेत्रको अगुवाको रुपमा परिचित थिए । उनले तत्कालिन हेम्जा गाउँ पंचायतको वडा न. ३ को वडाध्यक्ष एबम नेपाली काँग्रेस हेम्जाको उपसभापति समेत रहेर काम गरेका थिए।

स्व. थापाका दुई छोराहरु दानबहादुर थापा र दिप बहादुर थापा एबम छोरीहरु मान कुमारी कार्की, लक्ष्मी कार्की र कमला थापा रहेका छन। जेठा छोरा दान बहादुर थापा हाल नेपाली काँग्रेस कास्की -३ को कार्यसमिति सदस्य हुन।

उनि यस अगाडी नेपाली काँग्रेस पोखरा -२५ हेम्जाको सभापति समेत रहेका थिए उनि पोखराका पुराना यातायात ब्यबसायी एबम सामजिम्क कार्यकर्ता समेत हुन।

हेम्जामा नेपाली काँग्रेस पार्टीको संगठन शुरु गर्दा र समयक्रममा पार्टीलाई संगठित बनाउन उनको महत्वपूर्ण भूमिका र योगदान रहेको बताइन्छ। ‘जिबनको उत्तरार्धमा आइपुग्दा पनि बुवालाई नेपाली काँग्रेस र प्रजातन्त्रप्रतिको लगाव र माया त्यत्तिकै थियो। ‘ छोरा दानबहादुर थापाले गुरुकुल खबरसंग भने।

नेपाली काँग्रेस कास्कीका नेता आईबहादुर गुरुंगले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार स्व. थापाले हेम्जा लगायत त्यस क्षेत्रको सामाजिक, ब्यबसायिक एबम राजनीतिक क्षेत्रमा सक्रिय रहेर विभिन्न काम गरेकोर हेम्जा क्षेत्रमा नेपाली काँग्रेसको संगठन बिस्तारमा स्व थापाको योगदान महत्वपूर्ण रहेको थियो ।

२४ जेष्ठ २०८२, शनिबार ०८:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा