Play

जुम्ला र काठमाडौंमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, सात यात्रु घाइते

गुरुकुल खबर


पोखरा, जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

आइतबार बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी–४ स्थित ठगुनेरामा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

मृतकको पहिचान भएको छैन । प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिएनन् । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

यसैगरी काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् । घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले बताए ।

सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो ।

१७ भाद्र २०८०, आईतवार ११:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा