Play

नेपाल महिला संघ कास्कीको प्रशिक्षण कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा । नेपाल महिला संघ कास्कीले नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरपारी आयोजित शुभकामना आदानप्रदान, प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले राजनीतिक क्षेत्रमा समावेशी सहभागिता र नीति निमार्ण तहमा उल्लेखनिय सहभागिताका लागि नेपाल महिला संघले महत्वपुर्ण भूमिका खेल्नु पर्ने उल्लेख गर्दै महिलाको राजनीतिक विकासका लाग सहकार्यमा आफु सदा तयार रहेको बताईन् ।

माननीय विन्दुकुमार थापाले प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्य मान्यता स्थापनाका लागि महिला संघ कास्कीले अग्रणी भूमिका खेल्नु पर्ने बताउँदै राजनीतिक क्षेत्रमा समान सहभागिताकालागि सदभाव र सहकार्यको आवश्यकता औल्याए ।

संविधान सभा सदस्य शारदा पौडेलले राजनीतिक क्षेत्रमा महिला सहभागितकालागि ईर्स्या र द्वेश भन्दा एकताको आवश्यकता औल्याईन् । महिला दिदिबहिनीहरु सबै मिलेर एक साथ राजनीतिक क्षेत्रमा अगाडि बढ्नुको विकल्प छै्रन ।

नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति मनोज गुरुङले महिलाहरुले राजनीतिमा आफुलाई अब्बल बनाउन विचार गर्ने र निणर्य लिने क्षमताको विकासको आवश्यकता औल्याए । साथै उनले नेपाल महिला संघ कास्कीको वर्तमान अवस्था बारे बोल्दै आधिकारीक सभापति मिना पाण्डे नै भएको बताए । वर्तमान अवस्थामा कास्कीमा देखिएको विचलनको स्मरण गर्दै पाण्डेलाई सबै महिलाहरुसंग छलफलको माध्यमबाट समाधानको बाटो खोज्न आग्रह गरे ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पोषनाथ शर्माले पछिल्लो समयमा नेपाल महिला संघ कास्कीमा देखिएको विचलनप्रति ईंकित गर्दै सभापति मिना पाण्डे नै वैधानिक सभापति भएको दावी गरे । ‘केन्द्रबाट नै विधिवल रुपमा तोकेर आएको हुनाले मिना पाण्डे नै आधिकारीक सभापति हुन्’ उनले भने ‘तपाईले चिन्ता लिनु पर्दैन, हामी तपाईहरुको साथमा छौं ।’

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका सचिव रीता गुरुङले ७४ वर्ष अघि स्व.मंगलादेवी सिंहले स्थापना गरेको नेपाल महिला संघ र २००४ साउन २४ गते नेपाली महिलाहरुका लागि राजनीतिक आधारस्तम्भ भएको स्मरण गर्दै राजनीतिक पहिचानकालागि महिलाहरु सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिइन् । ‘हरेक ठाँउमा समावेशी सहभागिताका लागि महिला सवल र सक्षम हुनु आवश्यक छ’उनले भनिन् ‘यसकालागि सुन्ने शक्तिका साथै अध्ययन र लेखन विकासको आवश्यकता छ ।’

नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विरेन्द्र विजुक्छे, अधिवक्ता गीता विष्ट लामिछाने, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विकास थापा, नेपाल तरुण दलका केन्द्रिय सदस्य पशुपति भट्टराई, नेपाल महिला संघ कास्कीका उपसभापति इन्द्रमाया बाँनिया, नेपाल महिला संघ क्षेत्र नं ३ का क्षेत्रिय सभापति जुना जिसी क्षेत्री, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरीता तिमिल्सिना, नेपाल महिला संघ पोखरा महानगरका सभापति अम्बिका ढुंगाना, नेपाल महिला संघ कास्की सचिव कमला बराल लगायतले महिलाहरुको मुद्दा,समावेशीता,समानता र विभेदका विरुद्ध एक भएर लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।

१६ भाद्र २०८०, शनिबार २२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा