Play

अन्ततः एमसीसी कार्यान्वयन हुने चरणमा, बुधबार सहमति आदानप्रदान हुने

गुरुकुल खबर


पोखरा, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्ततः कार्यान्वयन हुने चरणमा पुगेको छ । यसका लागि एमसीसी उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन नेपाल आएका हुन् ।

अर्थ मन्त्रालयमा भोली एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा हुने छ । उक्त कार्यक्रममा क्यामरुन सहभागी हुने छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

यसपछि एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ भने सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ शर्त रहेको छ ।

कार्यान्वयनका लागि सम्झौता मिति नेपालले नै तय गरेको हो । ‘एमसीसी परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सञ्चालक समितिको बैठकले ‘इन्ट्री इन्टु फोर्स’ को मिति तय गरेको थियो । एमसीएको बोर्डमा पर्यवेक्षक रहेका एमसीसीका प्रतिनिधि पनि सकरात्मक भएपछि लेटर अफ एक्सचेन्ज’ मार्फत एमसीसी कार्यन्वयनको घोषणा हुन लागेको हो ।

१२ भाद्र २०८०, मंगलवार १८:१५ मा प्रकाशित
Nabintech