Play

ललिता निवास प्रकरणमा सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको आरोपमा मुद्दा दर्ता

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री निवास वरिपरिको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्ने प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिल महेशप्रसाद खत्रीले भर्खरै जिल्ला अदालतमा मुद्दा दर्ता भएको  पुष्टि गरे ।

यो प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० प्रतिवादीहरूविरूद्ध कीर्ते गरेकोमा पुरानो मुलुकी ऐन बमोजिम कैद र जरिवाना माग गरिएको जनाइएको छ । किर्ते गर्ने अरू सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ । १८ अर्ब केही बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको उल्लेख छ ।

यो प्रकरणमा संगठित अपराध सम्वन्धि अभियोग पत्र दर्ता भने भएन । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने निर्णयमा पुगेको हो । यसअघि यो प्रकरणमा संगठित अपराधको पनि कुरा उठेको

थियो र सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान पनि गरेको थियो । असार १२ गते मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरेपछि ललिता निवास प्रकरणमा प्रहरीले फेरि अनुसन्धानको फाइल खोलेको थियो ।

संगठित अपराधमा ६० दिनको अनुसन्धान म्याद हुन्छ । तर, सरकारी कीर्तेमा भने २५ दिनमात्र अनुसन्धानको लागि २५ दिनमात्र हिरासतमा राख्न पाइन्छ । ललिता निवासको १४२ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा लिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि १७५ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा छ ।

१० भाद्र २०८०, आईतवार १२:५२ मा प्रकाशित
Nabintech