Play

फिर्के सिमांकनको काम अन्तिम चरणमा, खोलाको दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार बन्ने

गुरुकुल खबर


पोखरा, पोखराको मध्ये सहर भएर बग्ने फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सिमाङ्कन सुरु गरिएको थियो ।

पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा १८ पोखरा बेसी टोल पुगेको छ । सिमाङ्कन कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी पिल्लरहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अव खोलाको ५०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको तयारी छ । उहाँका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्के खोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनहरू सहित ४० जना परिचालित छन् ।

३२ श्रावण २०८०, बिहीबार १२:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा