Play

मगर समुदायलाई कानूनी सचेतना

गुरुकुल खबर


पोखरा, नेपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका ४२ इकाइ समितिबाट करिब १ सय जनाको सहभागी हुने छन्। मगर संघ महानगर समिति पोखराका अध्यक्ष ओम श्रीस मगरले नेपाल मगर संघ अन्तर्गतका हरेक इकाइ समिति, भातृ संगठनबाट कार्यक्रममा सहभागी हुने जनाए। ‘मगर समुदायले कानूनी पाटोबारे जानकार नहुँदा। धेरै ठाउँमा गल्ती नहुँदा पनि फस्नु परेको छ। त्यसको विरूद्धमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भने।

आर्थिक कारोबारमा कानूनी पाटो नजान्दा ठगीनु परेकाले सचेत हुन कानूनी प्रक्रिया बुझ्नका लागि कार्यक्रममा सहभागी हुनका लागि सबैलाई उपस्थितिका लागि पनि उनले आग्रह गरेका छन्। अधिवक्ता मनोज घर्ती मगरले सहभागीलाई कानूनी ज्ञान दिने छन्। कार्यक्रम बिहान ११ बजेदेखि मगर संघको कार्यालयमा हुनेछ।

१९ श्रावण २०८०, शुक्रबार १४:११ मा प्रकाशित
Nabintech