Play

सहरी शासन र पूर्वाधार परियोजना अन्तरगत थप २ वटा परियोजना छनौट

विश्व बैंकले सघाउने


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तरगत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो ।

यही श्रावण १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको प्रमुख धनराज आचार्यले बताए । “वर्ल्ड बैङ्कको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ, प्रमुख आचार्यले भने, यस बाहेक थप दुई वटा महत्त्वपूर्ण परियोजनाहरू छनौट गरेका छौँ । यी सबै परियोजना २.५ वर्ष भित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।” प्रमुख आचार्यका अनुसार यी परियोजना सम्पन्न पश्चात् नमुना सडक बन्नेछन् ।

यी सबै परियोजनाहरूमा वर्ल्ड बैङ्कले २५.६८ मिलियन अमेरिकी डलर (३ अरब ३७ करोड ९३ लाख १० हजार ८०८ नेपाली रुपैयाँ) लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ, बिरौटा–पुडिटार सडक रु.१.५ अर्ब र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक रु.१ अर्ब लागतमा स्तरोन्नति हुनेछ । तालचोक–बेगनास सडक स्वच्छन्द–सपना–वल्र्डवाइड जे भी काठमाण्डौले निर्माणको ठेक्का पाएको छ ।

अन्य दुई वटा परियोजना सर्वेका लागि वर्ल्ड बैङ्कको प्राविधिक टोली खटिने तयारीमा रहेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सन २०२१ मार्च ५ तारिकमा सम्झौता भएको थियो ।

१८ श्रावण २०८०, बिहीबार १४:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा