Play

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेका सबै छ जनाको निधन, यात्रुको पहिचान खुल्यो

गुरुकुल खबर


पोखरा, सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मंगलबार बिहान भएको हेलिकोप्टर दुर्घटनामा परेका सबै यात्रुको पहिचान खुलेको छ । पाइलट चेतबहादुर गुरुङले उडाएको हेलिकोप्टरमा पाँच मेक्सिकन नागरिक भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकोप्टर दुर्घटनाको पृष्टी गर्दै पाइलट र यात्रुको नाम सार्वजनिक गरेको हो । हेलिकोप्टरका पाइलट गुरुङ अनुभवी पाइलट भएको खबर पनि सार्वजनिक भइरहेका छन् ।

२६ असार २०८०, मंगलवार १४:५४ मा प्रकाशित
Nabintech