Play

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

गुरुकुल खबर


पोखरा, पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । यसअघि शनिबार रातिदेखि बन्द सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो।

चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भए पनि त्यसलाई पनि हटाइएको इलाका प्रहरी कार्यालय (मुग्लिन) ले जनाएको छ । अहिले पहिरो पन्छाई सडक दुवैतर्फ गाडी चलाउन हुनेगरी खुलाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालक घाइते भएका भएको र उनको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सोही स्थानमा गत आइतबारदेखि पटकपटक पहिरो खस्दा सडक बन्द हुने क्रमले निरन्तरता पाउँदै आएको छ ।

१८ असार २०८०, सोमबार ११:२८ मा प्रकाशित
Nabintech