Play

ललितपुर महानगरपालिकामा सुशासन कायम गराएकै कारण मलाई जनताले दोस्रो पटक निर्वाचित गराए-चिरीबाबु महर्जन

गुरुकुल खबर


काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताएका छन । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’

आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।

मेयर महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताए । उनले भने, ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन ।’

मेयर महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गरे । उनले भने, ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ ।’मेयर महर्जनले कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बताए ।

पछिल्लो समय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्ने समस्यारहेको बताए । उनले भने निर्माण व्यवसायीले सम्झौता समयसीमाभित्र काम सम्पन्न नगर्दा ठाउँ ठाउँमा मानिसहरुले निकै दुःख पाउने मात्रै होइन, त्यसको अपसज स्थानीय सरकारहरुले पाउने गरेको बताए ।

उनले ठेकेदारहरुले सडक भत्काएर राख्ने, ढल खन्ने क्रममा ठुला ठुला खाडलहरु खनेर त्यत्तिकै छाडिदिने गर्दा कहिलेकाँही अप्रिय र दुखद घटनाहरु घट्ने भन्दै अब निर्माण व्यवसायीसँग निर्माण कार्यसम्बन्धी सम्झौता गर्दा खेरी नै ‘सेफ्टी फस्ट’लाई विशेष जोड दिनुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले महालेखा परीक्षकले गरेको लेखा परीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखा परीक्षणसम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताए ।
०७४÷७५ देखि २०७९÷८० सम्मको लेखा परीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै कावा महालेखापरीक्षक राममायाँ कुँवरले पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरिएको बताए ।

महालेखा परीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरुमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।

 

१७ असार २०८०, आईतवार २२:०२ मा प्रकाशित
Nabintech