Play

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

गुरुकुल खबर


पोखरा, नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी बुन एफसी च्याम्पियन बनेको छ ।

पोखरा महानगरपालिका–१ स्थित पुरानोटुडिखेल मैदानमा शनिबार भएको फाइनलमा गन्नी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै केआइइसी बुन एफसी च्याम्पियन बनेको हो । बुन एफसीलाई च्याम्पियन बनाउन आशिष गुरुङले निर्णायक गोल गरे । उनको गोलसँगै उपाधि जितेको बुन एफसीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

यस्तै उपविजेता बनेको गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।

कुल ४७ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट बुन एफसीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा ट्रफीसहित नगद रु १० हजारबाट पुरस्कृत भए ।

यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै जनम गुरुङ, उत्कृष्ट डिफेन्डरका रुपमा सोही क्लबकै सरोज तितुङ घोषित भए । यस्तै उत्कृष्ट मिडफिल्डरका रुपमा मनोज गुरुङ र उत्कृष्ट फरवार्डका रुपमा गन्नी एफसीका सन्दिप रानामगर घोषित भए । उनीहरुलाई ट्रफीसहित जनही नगद रु ५ हजार प्रदान गरिएको अर्थ संयोजक हिटलर घलेले जानकारी दिए । अनुशासित टिमको उपाधि भने करापुटार एफसीले जितेको थियो ।

प्रतियोगिताबाट विजेता तथा उपविजेता टोली सदस्यहरुलाई स्वर्गीय देश्ना चन्दका परिवार, प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङ, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

२१ जेष्ठ २०८०, आईतवार १७:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा