Play

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीद्धारा उर्जामन्त्री तिवारीलाई बधाई

गुरुकुल खबर


पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ जिल्ला कार्य समिति कास्कीले गण्डकी प्रदेशका नवनियुक्त उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीलाई भेट गरी बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

महासंघ कास्कीका सभापति आशबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले मन्त्री तिवारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

महासंघका टोलीसंग साक्षात्कार गर्दै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री तिवारीले आफ्नो कार्यकालमा गण्डकी प्रदेशबासीले समृद्वि र पारदर्शी सेवाको अनुभुत गर्न पाउने विश्वास दिलाउदै प्रदेश सरकारले लिएको एक घर एक धारा कार्यक्रमले प्रदेशबासीको खानेपानी समस्या समाधान हुने दावी गरिन् ।  ‘प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम सफल रुपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं’ मन्त्री तिवारीले भनिन् ।

बधाई ज्ञापनका क्रममा बोल्दै महासंघ कास्की सभापति गुरुङले मन्त्री तिवारीलाई गण्डकी प्रदेशको विकासमा गम्भीर हुन आग्रह गर्दै प्रदेश सरकारले विकास नीतिमा केन्द्रीत रहेर कार्य गर्ने विश्वास व्यक्त गरे ।

महासंघका उपसभापति चन्द्र प्रकाश थापा मगरले मन्त्री तिवारीको सफल कार्यकालको कामना गर्दै मुलुकको मुलधारबाट पछाडि परीरहेका आदिबासी जनजातिको बस्तीमा पनि विकासका कार्यहरु संचालन गर्न सुझाव दिए ।

कार्यक्रममा महासंघ कास्कीका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

१० जेष्ठ २०८०, बुधबार १३:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा