तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषद – मुख्यमन्त्रीदेखि मन्त्रीसम्म अनुभवका हिसाबले सबै नयाँ

गुरुकुल खबर गुरुकुल खबर
२०८० बैशाख ३१ मा प्रकाशित
in गण्डकी प्रदेश, Breaking News, राजनीति, विशेष, व्यक्ति/संस्था, समाचार
गण्डकी  प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषद – मुख्यमन्त्रीदेखि मन्त्रीसम्म अनुभवका हिसाबले सबै नयाँ
28
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । शपथ ग्रहणको १५ औं दिनपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए । सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

७ सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरुदेखि मुख्यमन्त्रीसम्म अनुभवका हिसाबले सबै नयाँ छन् । सरकारमा सामेल रेशमबहादुर जुग्जाली मगर प्राविधिक रुपमा दोस्रो पटक सरकारमा सामेल भए पनि २०७९ को निर्वाचनपछि बनेको प्रदेशसभापछि उनी पहिलो पटक सो जिम्मेवारीमा पुगेका हुन् । त्यसैले उनलाई पनि अनुभवका हिसाबले नयाँ नै मान्न सकिन्छ ।

मुख्यमन्त्री पाण्डे पहिलो पटक प्रदेशको कार्यकारी प्रमुखको भूमिकामा छन् । मुख्यमन्त्री पाण्डे ०७४ सालमा राष्ट्रियसभा सदस्य हुँदा राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीमा थिए । २०७९ को निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा उम्मेदवार बने । मुख्यमन्त्री बन्ने आश्वासन पाएरै उनी प्रदेशसभामा झरेका थिए ।

तर, पुस १० मा बनेको नयाँ राजनीतिक समीकरणपछि मुख्यमन्त्री बन्ने उनको सपना तुहियो । पुस २५ गते नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा सरकार बन्यो । सरकार बनेको १ सय ४ दिनमै मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेर सत्ता गुमाए ।

केन्द्रको राजनीतिमा फेरबदल हुँदा चैत १० गते माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । अल्पमतमा परेका अधिकारीले यसको ठिक २९ दिनमा प्रदेशसभामा विश्वासको मत मागे तर बहुमत सदस्यले विपक्षमा मतदान गरे ।

प्रदेशको सत्ता समीकरणमा उलटफेर भएसँगै कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री बन्ने अवसर जु¥यो । वैशाख १४ गते शपथ लिएपछि पाण्डेले भोलिपल्टै दुई जनालाई मन्त्री नियुक्त गरे । शुक्रबार उनले थप ४ जनालाई मन्त्रिमण्डलमा सहभागी गराए ।

मुख्यमन्त्री पाण्डेले वैशाख १५ गते माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई बिना विभागीय मन्त्री बनाए । सरकार गठन भएको आधा महिनापछि शुक्रबार महेन्द्रध्वज जिसी, रेशमबहादुर जुग्जालीमगर, जीतप्रकाश आले र दीपेन्द्रबहादुर थापालाई मन्त्रिपरिषद्मा सामेल गरे ।

सरकारमा सहभागी जुग्जाली र सिम्खडा माओवादी सांसद हुन् । कांग्रेसबाट मन्त्री हुने अर्याल बाहेक अरु सबै प्रत्यक्ष निर्वाचित हुन् । जुग्जाली तत्कालीन खगराज अधिकारी नेतृत्वको सरकारमा पनि सहभागी थिए । उनी दुई महिनासम्म उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहे पनि उनका लागि भौतिक पूर्वाधार मन्त्रालय नयाँ हो । अर्थात् मंसिर ४ को निर्वाचनपछि उनी पहिलो पटक कार्यकारी भूमिकामा छन् ।

प्रदेश सरकारमा सिम्खडा सामाजिक विकास, अर्याल ऊर्जा जलस्रोत तथा खानेपानी, जिसी कृषि तथा भूमि व्यवस्था, जुग्जाली भौतिक पूर्वाधार विकास, आले आर्थिक मामिला र थापा उद्योग, पर्यटन, वन मन्त्रालयको जिम्मेवारीमा छन् । कृषि मन्त्री महेन्द्रध्वज जिसी यसअघि केन्द्रमा सांसद रहे पनि मन्त्री हुने अवसर पाएका थिएनन् । गण्डकी सरकारका ५ जना मन्त्री त पहिलोपटक सांसद र पहिलोपटक नै मन्त्री भएका हुन् ।

मुख्यमन्त्री पाण्डेको राजनीति कांग्रेसको भ्रातृ संस्था नेविसंघमा सुरु भयो । २०३६ सालमा नेविसंघको सदस्यता लिएका उनी २०४९ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेपाल तरुण दलको महासचिव हुँदै उनी तेस्रो पटक कांग्रेसको केन्द्रीय सदस्य छन् । २०७४ सालमा राष्ट्रियसभामा सांसद भई प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेका पाण्डे गत मंसिरमा भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कृषि मन्त्री महेन्द्रध्वज जिसी २०३८ सालबाट कांग्रेसको राजनीतिमा लागेका हुन् । जिसी तत्कालीन रजहर गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए । उनी २ पटक जिल्ला पञ्चायतको सभापति र दुई पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् । जिसी मंसिर ४ को निर्वाचनमा पूर्वी नवलपरासी १(१) को प्रदेशसभामा निर्वाचित भएका हुन् ।

समाजिक विकास तथा स्वास्थ्य मन्त्री सिम्खडा माओवादीबाट सामानुपातिक सांसद हुन् । गोरखा घर भएकी सिम्खडा प्रदेशसभामा माओवादीकी प्रमुख सचेतक हुन् । उनी पनि पहिलोपटक कार्यकारी भूमिकामा छिन् । उनले आफू मन्त्रीको भूमिकामा नयाँ भए पनि कामको हिसाबले नयाँ नभएको बताइन् । ‘राजनीति गर्ने मान्छे सधैँ जनताको घरदैलो र सरकारी काममा अभ्यस्त हुन्छ । मेरालागि मन्त्री हुनु नयाँ भए पनि काम गर्ने अनुभव नयाँ होइन्,’ उनले भनिन्, ‘कार्यकारी पदमा बस्दा जिम्मेवार हुनुपर्छ भन्ने कुरामा सचेत छु ।’

ऊर्जा, जलस्रोत मन्त्री सरस्वती अर्याल तिवारीको घर स्याङ्जा हो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अर्याल १४ औँ महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी पनि यसअघि कार्यकारी पदमा थिइनन् । उनले पनि आफू पदका लागि नयाँ भए पनि कामका दृष्टिले नयाँ नभएको बताइन् ।

उनले भनिन्, ‘राजनीति सुरु गरेको ३०÷३१ वर्ष भयो । सधैँ राज्यको संरचना, जनताकै घरदैलोमा बसेरका काम ग¥यौं । फरक यत्ति हो, अहिले मन्त्रालयको जिम्मेवारीमा छौं ।’

कार्यकारी पदमा बस्दा आफूले प्रत्येक निर्णय विज्ञसँगको छलफलमा लिने उनले बताइन् । ‘मन्त्रालय सञ्चालमा विज्ञसँगको छलफल हुन्छ नै । विगतमा अनुभव प्राप्त गर्नुभएको आदरणीय नेताहरुसँग सोध्ने र सिक्ने कुरा छँदैछन्,’ उनले भनिन् ।

भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली म्याग्दी २ बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । २०५६ मा अनेरास्ववियु क्रान्तिकारीबाट राजनीतिक जीवन सुरु गरेका उनी भूमिगत हुँदै वाइसीएलको जिल्ला सचिवसमेत हुन सफल भए ।

२०६६ मा माओवादीको तत्कालीन मगरात राज्य कमिटी सदस्य रहेका जुग्जाली केही समय मोहन वैद्य नेतृत्वको पार्टीमा आवद्ध भए । उनी २०७० देखि २०७३ सम्म स्वतन्त्र थिए । ०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर उनले वडा अध्यक्षमा जित हासिल गरेका थिए । मंसिरको निर्वाचनअघि माओवादीमा प्रवेश गरेर उनी प्रदेशसभा सदस्यमा उम्मेदवार भइ जित हासिल गर्न सफल भएका हुन् ।

अर्थमन्त्री जीतप्रकाश आले तनहुँ २(२)बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा आले यसअघि कार्यकारी भूमिकामा थिएनन् । उद्योग, पर्यटन र वन मन्त्री दीपेन्द्रबहादुर थापा बागलुङ १(१) प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी पनि यसअघि कार्यकारी भूमिकामा थिएनन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.