Play

कविता – कस्तो होला त्यो लोक ? (आमाको सम्झनामा)

गुरुकुल खबर


कस्तो होला त्यो लोक?

सोचीरहन्छु
आफ्नो आफन्त
घर-परिवार
बालबच्चा टुहुरो पारेर
एक्लै
यात्रामा निस्कनेहरु
कहॅा जान्छन् होला ?
सबै सबै छाडी सुटुक्क जाने
त्यो ठॅाउ कस्तो होला ?

भन्छन्-
देवलोक गए
स्वर्गलोक गए
सोचीरहन्छु-
स्वर्गमा घर कस्तो होला ?
आगन कस्तो होला?
देव-देवी रहने
त्यो देवलोक कस्तो होला?

भन्छन्-
स्वर्णिम फूलहरुको बगैचा हुन्छ
अप्सराहरुको राज्य हुन्छ
सोचीरहन्छु
प्रियजन नै छाडेर जाने
प्रियजनको याद नै विर्साईदिने
त्यो राज्य कस्तो होला?
त्यो जीवन कस्तो होला?

गुरुङ शास्त्र भन्छ
एक थोक छरी नौ थोक फल्ने
बिहान रोपे सॅाझ फल्ने
सुखै सुख
र आनन्दै आनन्दको लोक “सिमी नास”
सोचीरहन्छु
शान्ति र आनन्द मात्रै हुने
सॅाच्ची त्यो लोक कस्तो होला?

सोचीरहन्छु
छाडीजाने आफ्नाको पिडामा
रोई रोई थाकेका
सिकिस्त आखा
बिछोडको प्रहारले
कलेटी परेका ओठ
कॅाचुली फेर्न नसकेको
खुशी
कुनै कुराको पर्वाह नगरी
माया, ममता,मान प्रतिष्ठाको
वेपर्वाह गर्दै
एकपटक पनि फर्केर नहेर्ने
त्यो लोक कस्तो होला?

एकपटक पनि फर्केर नआउने
त्यो लोक कस्तो होला??
मिस यू आमा💔

रीता गुरुडं
स्याड्ंजा ( हाल- पोखरा १४ चाउथे )

२२ चैत्र २०७९, बुधबार १३:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा