Play

रेवान कप:मेन्स सिंगल्स उपाधीका लागि राजन र श्रेष्ठ भिड्ने

गुरुकुल खबर


पोखरा । पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि राजन पौडेल र नविन श्रेष्ठ भिड्ने भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बाँस्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधीका लागि राजनसंगको भेट पक्का गरे ।

डबल्सतर्फ उपाधीका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछन् । भट्टराई जोडीले पदम गुरुङ्ग र हुम आलेको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

अर्को सेमिफाइनलमा अनुज र नविन जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै फाइनल पुगे ।

प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिको फाइनल खेल आइतबार पोखरा रंगशालामा हुनेछ ।

४ चैत्र २०७९, शनिबार १९:४७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा