Play

पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा,  महिलातर्फ वडा नम्बर २३ र १८ ले प्रतिस्पर्धा गर्ने

गुरुकुल खबर


पोखरा, पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो ।

महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । मंगलबार भएको खेलमा वडा नम्बर १५ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर २३ फाइनल पुगेको हो । महिलातर्फ तीन टिममात्रै सहभागी भएकाले वडा नम्बर १८ सिधै फाइनल पुगेको थियो।
महिलातर्फको फाइनल बुधबार बिहान साढे ८ बजे र पुरुषतर्फको फाइनल दिउँसो १ बजे रंगशालामै हुने आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिए ।

प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले विधागत पुरस्कारबापत जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्ने समिति अध्यक्ष दीपक गोदारले बताए ।

पोखरा महानगरपालिका भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

 

१८ माघ २०७९, बुधबार ०८:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा