Play

गण्डकीमा सरकार गठनका लागि पुस २५ सम्म मुख्यमन्त्री नियुक्तिका लागि दलहरुलाई आह्वान

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । पुस २५ गते दिउँसो ४ बजेसम्मका लागि मुख्यमन्त्री नियुक्ति गर्न उनले बिहीबार दलहरुलाई आह्वान गरेका हुन् ।

गण्डकीमा ४ मंसिरको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नपुगेपछि नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले आह्वान गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालले दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्ररुपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

संघमा कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले गठबन्धनको सरकार बन्ने भएको छ । भावी मुख्यमन्त्री एमालेका खगराज अधिकारी निश्चित प्रायः छ ।

गण्डकीका नवनिर्वाचित सांसदको पहिलो अधिवेशन १८ पुसदेखि सुरु भएको हो । उक्त दिन ३ विधेयक टेबुल भएको छ । बैठक प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको सभाध्यक्षतामा बसेको थियो । संसदको अर्को बैठक २९ पुस दिउँसो १ बजे बस्नेछ
प्रदेशका सांसद गत पुस १४ मा सपथ ग्रहण गरेका हुन् । अघिल्लो दिन ज्येष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

२१ पुष २०७९, बिहीबार १८:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा