Play

काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित कार्यालय घेराउ

गुरुकुल खबर


काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित मंगलबार कार्यालय घेराउ गरेका छन्।

महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरू गरेको हो।

यस अघि नै महानगरले ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता, प्रर्दशनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन ।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

१३ मंसिर २०७९, मंगलवार १२:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा