Play

नवौं राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा बागमतिको जित

गुरुकुल खबर


पोखरा । तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो ।

प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो । यसै गरी बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम ग¥यो । चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो ।

खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन् ।

यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो ।

 

३० आश्विन २०७९, आईतवार १२:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा