Play

पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी विधेयक प्रमाणीकरणको खुशियालीमा दिप प्रज्वलन

गुरुकुल खबर


पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी विधेयक २०७९ प्रमाणीकरण भएको खुशियालीमा सोमबार पोखरामा दिप प्रज्वलन गरिएको छ ।३० वर्षदेखिको संघर्षले मुुर्त रुप पाएको खुशीयालीमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा, नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन नेभ्ला, नेपाल एनिमल साइन्स एशोसिएसन नासाका, पदाधिकारीका साथै नेपाली पशुपालन व्यवसायी, पशु सेवा क्षेत्रका प्राविधिक लगायतले एक कार्यक्रमका बीच दिप प्रज्वलन गरेका थिए ।

विद्येयक प्रमाणिकरणसंगै अब पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मीहरुले कानुनी रुपमा सेवा प्रदान गर्न पाउने भएका छन् ।

विद्येयकको अभावमा धेरै समस्याहरु भोग्न बाध्य थियौ’ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाका महासचिव सुरेश श्रेष्ठले गुरुकुल खबरसंग भर्ने अब पशु स्वास्थ्य सेवा परिषदमा दर्ता गर्छौ र हरेक कार्यहरु कानूनी रुपमा नै गर्न पाउने भएका छौं ।’
महासचिव श्रेष्ठका अनुसार मुलुकभर पशु स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत ७५ हजार पशु स्वास्थ्यकर्मीले प्रत्यक्ष यो ऐनसंग बाँधिने छन्।

विद्येयक प्रमाणिकरणसंगै अब पशु स्वास्थ्य क्षेत्रमा कार्यारत पशु स्वास्थ्यकर्मीहरुको सेवाको क्षेत्रसंगै तहगत अन्यौलता पनि हटेको नेल्टाका महासचिव श्रेष्ठले स्पष्ट पारे ।

यसैबीच पशु स्वास्थ्यसंग सम्बन्धित सबै संघसंस्था लगायत पशु स्वास्थ्यकर्मीहरुले दिप प्रज्वलन कार्यक्रम करिब ३० बर्ष दखि अनवरत रूपमा योगदान पुर्याएका अग्रजहरु, प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाका  सांसदहरू, नेपाल सरकार, राष्ट्रपति लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सबैमा आभार व्यक्त गरेका छन् ।

यसैबीच माछापुच्छ्रे गाउँपालिका वडा नं छ भिडाबारीमा पनि विद्येयक प्रमाणिकरणको खुशीयालीमा दिप प्रज्वलन गरिएको बताइएको छ ।

२४ आश्विन २०७९, सोमबार २०:४७ मा प्रकाशित
Nabintech