Play

एमालेबाट सूदुरपश्चिम प्रदेशको उम्मेदवारको टुंगो, डडेलधुरामा बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने

गुरुकुल खबर


नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ ।

अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका छन् भने केही प्रदेशसभामा तालमेलका लागि ठाउँ राखिएको छ।

डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ। मल्ल नेपाली कांग्रेस परित्याग गरेपछि वीपी कांग्रेसमा प्रवेश गरेर केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत भएका छन । अब डडेल्धुरामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा र एमालेको समर्थनमा वीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष मल्ल बिचमा प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेले केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ । भने केही प्रदेशसभामा तालमेलका लागि ठाउँ राखिएको छ ।

क-कसले पाए टिकट ?

बाजुरा : प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बल्देव रेग्मी र (ख) मा लालबहादुर थापा

बझाङ : प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा

दार्चुला : प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी

बैतडी : प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र दाहाल

डडेलधुरा : प्रतिनिधिसभामा कर्ण मल्ल (बीपी कांग्रेस), प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही

डोटी : प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र टेकबहादुर बम

अछाम–१ : प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा (क) देवबहादुर कुँवर र (ख) कृष्णप्रसाद जैसी

अछाम–२ : प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा (क) भीमबहादुर बिष्ट र (ख) शिव उपाध्याय

कञ्चनपुर–१ : प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट

कञ्चनपुर–२ : प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह

कञ्चनपुर–३ : प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा (क) मा राप्रपालाई छोड्ने, (ख) मा सुरेन्द्र बिष्ट

कैलाली–१ : प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने

कैलाली २ : प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे

कैलाली ३ : प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,

कैलाली ४ : प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद

कैलाली ५ : प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ

२१ आश्विन २०७९, शुक्रबार २१:४४ मा प्रकाशित
Nabintech