Play

राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन राष्ट्रपति भण्डारीबाट हुने

गुरुकुल खबर


गण्डकी प्रदेशमा झण्डै ४ दशकपछि आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तय भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रपति भण्डारीलाई आश्विन २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निमन्त्रणा पत्र प्रदान गरेको हो ।

राष्ट्रपति निवासमा गएर राखेपका अध्यक्ष एंव युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रपतिलाई निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।

सोही अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ र सदस्य दिपेन्द्र विष्टको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै आयोजक राखेपले यस प्रतियोगितामा सहभागी हुने खेलाडी, निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियल लगायत गरी ९ हजार जनाको बिमा गर्ने भएको छ ।

बिमाका लागि राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्याल र राखेपका सदस्य सचिव घिसिङबीच मंगलबार मात्र सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता–पत्रमा हस्ताक्षर गर्दै राखेपका सदस्य सचिव घिसिङले बिमाको अवधि १ महिनाको रहने र प्रत्येकको १० लाख रुपैँया बराबरको बिमा गरिएको जानकारी दिएका छन् ।

यस प्रतियोगिता भव्य र सभ्य रुपमा संचालन गर्नका लागि राखेपले तिव्र रुपमा आफ्ना कामहरुलाई अगाडी बढाईरहेको छ भने प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुने भएकाले यस प्रदेशको प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशले समेत तयारीको लागि विभिन्न चरणमा कार्य विभाजन गरि तिव्रता दिईरहेको छ । यस प्रतियोगिता आयोजना हुन अब मात्र १६ दिन बाँकी रहेको छ ।

१२ आश्विन २०७९, बुधबार २२:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा