Play

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

गुरुकुल खबर


काठमाण्डौ – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ ।

गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।

 

८ आश्विन २०७९, शनिबार ०८:२१ मा प्रकाशित
Nabintech